काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल अन्तरगतको लुम्बिनी प्रदेश महासंघ राप्ती उपत्यका देउखुरी दाङले यही जेष्ठ ९–१० गते भालुबाङमा प्रथम परिषद गर्दैछ । महासंघको प्रथम परिषद बिहान ९ः०० बजेदेखि भालुबाङमा सुरु हुनेछ ।
सो प्रथम परिषदमा स्थानीय कलाकारहरुको प्रस्तुति, जुलुस र झाँकीहरु प्रस्तुत गरिनेछ । सो परिषद सामुदायिक वनमाथि लगाइएको तेहोरो कर पूर्णरुपमा खारेजीको अभियान सहित सम्पन्न हुने आयोजक संस्थाले जनाएको छ ।
उक्त प्रथम परिषदमा पत्रकारहरु उपस्थित भई प्रचार र प्रसार गरिदिन सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेश दाङले अनुरोध गरेको छ ।