• जेष्ठ १० २०८२, शुक्रबार

सुनको मूल्य ११०० घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

जेष्ठ १० २०८२, शुक्रबार

९ जेठ, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य १ हजार १०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।