• जेष्ठ ९ २०८२, बिहीबार

पोखरा विमानस्थलमा भएको अनियमितता बारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

जेष्ठ ८ २०८२, बुधबार

पोखरा  । सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको निष्कर्ष निकाल्दै छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितताबारे छानबिन गर्न अख्तियारलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन भाषिक शुद्धता हेरेर अख्तियारलाई बुझाइने छ ।

राप्रपा सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा झण्डै १० अर्ब रुपैयाँ अनियमितता भएको  प्रतिवेदन समितिलाई बुझाएको थियो ।