• जेष्ठ ९ २०८२, बिहीबार

बर्दिबास–११ मा बुद्धको प्रतिमा अनावरण

जेष्ठ ८ २०८२, बुधबार

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–११ मा बौद्ध जागरण संघको आयोजनामा बुद्धको प्रतिमा अनावरण गर्ने कार्य सम्पन्न भएको छ । छोड्के छोइलिङ गुम्बाका अध्यक्ष वीरबहादुर भोमजनको सभापतित्वमा सो प्रतिमा अनावरण कार्यक्रम गत वैसाख १९ गते सम्पन्न भएको हो । बौद्ध जागरण संघका सचिव भीम लामाले कार्यक्रमको संचालन गरेका थिए ।
कार्यक्रममा अतिथिको रुपमा भियतनामका प्रथम औतारी डोम्कु रिम्पोछे र विशेष अतिथिको रुपमा बर्दिबास नगरपालिकाका प्रमुख प्रलाद क्षेत्री उपस्थित थिए । यसैगरी कार्यक्रमको विशेष अतिथिको रुपमा बौद्ध जागरण संघका अध्यक्ष काइँला लामा र बर्दिबास–११ का वडा अध्यक्ष पूर्णबहादुर बल उपस्थित थिए । यसैगरी अतिथिको रुपमा खेन्पो छेवाङ रिग्जेन, लामा लक्पा रेन्बोछे, गेसे लामा संगे रेम्बोछे पनि अतिथिको रुपमा उपस्थित थिए ।

५०० बढी बौद्धमार्गीहरुको सहभागीतामा बुद्धको प्रतिमा अनावरण कार्यक्रम सम्मन्न भएको आयोजकले दाबी गरेको छ । अध्यक्ष वीरबहादुर भोमजनले बुद्धको प्रतिमामा त्रिरत्न स्थापना गरी पूजाछोक तथा प्रसाद ग्रहण गरी गुरुको आशिरवाद लिइ उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विसर्जन गरे ।

बुद्धको प्रतिमा अनावरण कार्यक्रमको आयोजक संस्थामा बर्दिबासमा रहेको छोडके छ्योलिङ गुम्बा र सहआयोजक संस्थामा बोद्ध जागरण संघ केन्द्रिय कार्यालय रहेको छ ।