• जेष्ठ ८ २०८२, बुधबार

‘ढोरपाटन : इतिहास, समाज र अर्थ–राजनीति’ नामक पुस्तक काठमाडौंमा विमोचन हुँदै

जेष्ठ ८ २०८२, बुधबार

काठमाडौं । ढोरपाटन सरोकार समाजले यही जेठ १० गते दिउँसो १ः३० बजे स्काई ब्याड्क्वेट सामाखुशी काठमाडौंमा पुस्तक विमोचन समारोह गर्ने भएको छ । सो समारोहमा ‘ढोरपाटन : इतिहास, समाज र अर्थ–राजनीति’ नामक पुस्तक विमोचन गरिने आयोजकले जानकारी गराएको छ ।

समीक्षकहरु डा.मुक्तासिंह तामाङ (मानवशास्त्री, त्रिवि मानवशास्त्र केन्द्रीय विभाग कीर्तिपुर), सुशिला शेरचन (मानवशास्त्री सरस्वती बहुमुखी क्यापास ठमेल, काठमाडौं) र यादव देवकोटा (लेखक तथा युवा इतिहास अध्येयता)ले सो पुस्तकमाथि समिक्षा गर्नेछन् ।

सो पुस्तक विमोचन समारोहमा पत्रकारहरु अपस्थित भई प्रचार र प्रसार गरिदिन ढोरपाटन सरोकार समाजले अनुरोध गरेको छ ।