तपाईंको योनिबाट प्रत्येक महिना रगत निस्कने प्रक्रियालाई महिनावारी भनिन्छ। तपाईंको शरीरको रजस्वला चक्रको प्राकृतिक भाग महिनावारी हो।
महिनावारीको समयमा विशेष ख्याल गर्नुपर्दछ । यस्तो समयमा ध्यान दिनुपर्ने कुराहरु:
नियमित रूपमा नुहाउने, लगाएको कपडा फेर्ने र साबुन पानीले बेलाबेलामा हात धुने ।
स्यानिटरी प्याड वा सफा र नरम खालको सुती अथवा कटनको कपडाको प्रयोग गर्ने ।
प्रयोग गरेको कपडाहरू धोए पछि घाममा राम्रोसँग सुकाउने अनि मात्रै पुनःप्रयोग गर्ने ।
कम्तीमा ४ देखि ६ घण्टाको फरकमा प्रयोग गरेको कपडा फेर्ने ।
राम्ररी सफा गरेको कपडा ३ देखि ४ महिनासम्म मात्र पुनःप्रयोग गर्ने ।