• जेष्ठ ६ २०८२, सोमबार

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सर्वोच्चबाट पनि दोषी ठहर

जेष्ठ ५ २०८२, आईतवार

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका इच्छाराज तामाङको कसुर सदर गरेको छ।

सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद तामाङलाई सर्वोच्च अदालतका न्यायाधीशहरू डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले थुनामा पठाउने आदेश सदर गरेको हो।

आफूलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

यसअघि विशेष अदालतले तामाङलाई दोषी ठहर गरी एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबरको जरिवाना गरेको थियो। त्यस्तै तीन वर्ष कैद सजायसमेत सुनाएको थियो।