• जेष्ठ ६ २०८२, सोमबार

दुर्गा प्रसाईंलाई हिरासतमा ४ दिन म्याद थप

जेष्ठ ५ २०८२, आईतवार

काठमाडौं ।  दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने भएका छन् ।

चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई अनुसन्धानको लागि थप चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो ।

आइतबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनालाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।