• जेष्ठ ४ २०८२, शनिबार

धनुषाको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड,५ प्रहरी घाइते १० जना प्रदर्शनकारी पक्राउ

जेष्ठ ४ २०८२, शनिबार

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ ।

कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो ।

धेरै विद्यार्थीहरू एकैपटक गएपछि त्यहाँ पार्कमा नुहाउने विषयमा विवाद भएको हो । त्यसपछि झडप भएको छ ।विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् ।

अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल असुर ग्यास समेत प्रहार गरेका छन् ।

धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयामा अवस्थित वन्डरल्यान्ड वाटर पार्कमा  विवाद हुँदा पाँच जना प्रहरी घाइते  र  १० जना प्रदर्शनकरि  पक्राउ  भएका छन्  ।