• फाल्गुन २४ २०८२, आईतवार

युक्रेनको पक्षबाट लडिरहेका अस्ट्रेलियाली युवकलाई रुसले सुनायो १३ वर्षको जेल सजाय

जेष्ठ ३ २०८२, शनिबार

जेठ ३,काठमडौं । रुससँगको युद्धमा युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई रुसले १३ वर्षको जेल सजाय सुनाएको छ उनलाई कडा सुरक्षा रहेको रुसी जेलमा राखिने बताइएको छ ।

३३ वर्षका अस्ट्रेलियाली ओस्कर जेनकिन्सलाई पूर्वी युक्रेनस्थित रुस–नियन्त्रित अदालतले ‘भाडाका सैनिक’का रूपमा लडेको अभियोगमा दोषी ठहर गरेको हो ।

मेलबर्नका एक शिक्षक रहेका जेनकिन्सलाई सन् २०२४ को डिसेम्बरमा लुहांस्क क्षेत्रबाट पक्राउ गरिएको थियो । अभियोजन पक्षका अनुसार ओस्कर जेनकिन्स २०२४ को फेब्रुअरीमा युक्रेन पुगेका थिए ।

उनीमाथि रुसी सेनाविरुद्धको सैन्य अभियानमा सहभागी हुन मासिक ६ लाखदेखि ८ लाख रूबलसम्म पारिश्रमिक लिएको आरोप छ ।