जेठ २, काठमाडौं । कञ्चनपुरमा एक जना पुरुष मृत फेला परेका छन् ।
शुक्रबार दिउँसो बेदकोट नगरपालिका–३ स्थित पुरानो सडकमा निर्माणाधीन कल्भर्टमुनि ४२ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
मृत फेला परेका ती पुरुषको नाम, थर र वतन खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।