• फाल्गुन २४ २०८२, आईतवार

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

जेष्ठ २ २०८२, शुक्रबार

२ जेठ,काठमाडौँ । सुनको मूल्य शुक्रबार तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।