• जेष्ठ २ २०८२, बिहीबार

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध ३ अर्ब २१ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

जेष्ठ २ २०८२, बिहीबार

जेठ १, कामठाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनीउपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ कायम गरी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि टेरामक्स प्रकरणमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

‘नेपाल दूरसञ्चार नियमावली, २०५४ को दफा ३४ ‘ग’बमोजिम प्राधिकरणले आव २०७४–७५ को वार्षिक कार्यक्रमसहितका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पठाएकोमा प्राधिकरणको प्रस्तावित कार्यक्रममा समावेश नभएको टेरामक्सको विषयमा तत्कालीन मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रूपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको,’ अख्तियारले जनाएको छ ।

‘सोही निर्देशनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले एकआपसमा मिलेमतो गरी सम्मानित सर्वोच्च अदालतबाट रिट नं. ०६९९डब्लूओ९०२६८ का सम्बन्धमा मिति २०७२–१०–२१ मा जारी भएको आदेशको प्रतिकूल र प्रचलित कानुनविपरीत’ कार्य गरेको अख्तियारले जनाएको छ ।