• फाल्गुन २४ २०८२, आईतवार

सुनको मूल्य तोलामै ३५ सय घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

जेष्ठ १ २०८२, बिहीबार

जेठ १, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको महासंघले जनाएको छ । आज चाँदी एक हजार ९२५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।