• जेष्ठ २ २०८२, बिहीबार

विवाह खर्च जम्मा एक रुपैयाँ !

जेष्ठ १ २०८२, बुधबार

काठमाडौं । नेपालमा एक जोडीले नौलो तरिकाको विवाह गरेका छन् । नेपाल प्रहरीको समाचार कक्षमा कार्यरत असई सन्जय गौतम र रिमला बस्नेतले सबैलाई चकित पार्ने विवाह गरेका हुन् ।

अहिले यो जोडीको विवाहको चर्चा सामाजिक संजालमा भाइरल भइरहेको छ । उनीहरुको विवाह खर्च जम्मा एक रुपैयाँ रहेको छ । यो सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । अहिलेको देखावटी र सौखिन संसारमा यो विवाहले सबैलाई चकित पार्दै समाजमा उदाहरणीय बनेको छ ।

एक रुपैयाँको खर्चमा विवाहित दम्पतीले सिन्दुर घरैबाट ल्याएको,पोते भाउजुसंग मागेको,माला मन्दिरमै भेटेको र विवाहमा गुरुलाई दक्षिण रु. १ मात्र दिएको सामाजिक सन्जालमा उल्लेख गरेका छन् ।

वैवाहिक समारोहमा हुने तडकभडक र फजुल खर्चको चलन रोक्न यस्ता विवाहले सबैलाई सचेत गराउनेछ ।