• जेष्ठ १ २०८२, बुधबार

नेप्से १४ अंकले घट्यो, विकास बैंक र ‘अन्य’ समूहको परिसूचक बढ्यो

जेष्ठ १ २०८२, बुधबार

वैशाख ३१, काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १३.९६ अंकले घटेको छ । यस दिन नेप्से ०.५३ प्रतिशतले घटेर २,६२०.२७ विन्दुमा बन्द भएको हो ।

आज नेप्से परिसूचकसँगै कारोबार रकममा कमी आएर आठ अर्ब ७३ करोड ६५ लाख ? पैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार नौ अर्ब ६३ करोड ७८ लाख ? पैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ । १८३ कम्पनीको सेयर मूल्य घटेको छ । मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ ।

ओम मेगाश्री फर्मास्युटिकल्स सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये विकास बैंक र ‘अन्य’ समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक १.१९ प्रतिशतले बढेको छ । ‘अन्य’ समूहको परिसूचक २.४६ प्रतिशतले वृद्धि भएको हो ।