• जेष्ठ १ २०८२, बुधबार

मरेको खसीको मासु बेचेको आरोपमा राम गुरुङ र मिलन गुरुङ पक्राउ

जेष्ठ १ २०८२, बुधबार

पोखरा । मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । पोखरा १६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र ३२ वर्षीय राम गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
दुवै जनालाई कालो बजारी तथा सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।