काठमाडौं । काठमाडौं महानगरपालिका– २४ मखनटोलमा ग्यास लिक भएर लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा आएको छ। आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकाका ६ वटा दमकलसहित नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाल आर्मीको सहयोगमा ६ घण्टामा आगो नियन्त्रणमा लिइएको उनको भनाइ छ।
सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको थियो।
यसपछि रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको थियो। आगोबाट यी दुई घरमा क्षति भएको छ।