• जेष्ठ १ २०८२, बुधबार

काठमाडौंको मखनटोलमा ग्यास लिक हुँदा आगलागी, एक महिलाको मृत्यु

जेष्ठ १ २०८२, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिका– २४ मखनटोलमा ग्यास लिक भएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

उनले भने, ‘ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेला परेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।’

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि आगो सल्केको छ ।