• बैशाख ३० २०८२, मंगलवार

भारतीय प्रधानमन्त्री मोदीले आज राती ८ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने

बैशाख २९ २०८२, सोमबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राती राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

भारत र पाकिस्तानबीचको पछिल्लो तनाव र अहिले युद्धविरामपछिको अवस्थाबारे प्रधानमन्त्री मोदीले ब्रिफिङ गर्न आज राती ८ बजे देशवासीको नाममा सम्बोधन गर्न लागेको जनाईएको छ ।

भारतको पहलगाममा गत अप्रिल २२ मा आतंकवादी हमला भएको थियो । उक्त हमलामा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको थियो । आतंकवादी हमलाको बदलामा हालै भारतले सैन्य कारबाही गरेको थियो । दुई देशबीच तनाव बढ्दै गएपछि अमेरिकाको मध्यस्ततामा युद्धविराम भएको हो ।