वैशाख २९, काठमाडौं । भारत र पाकिस्तानका सैन्य अधिकारी (डीजीएमओ)बीच आज उच्चस्तरीय वार्ता हुने भएको छ । दुई देशबीचको जारी तनावलाई लिएर सैन्य अधिकारीबीच हटलाइनमार्फत वार्ता हुन लागेको हो ।
वार्ता हालैको युद्धविराम र सीमा क्षेत्रमा हुने तनावलाई दीर्घकालीनरूपमा समाधान गर्ने विषयमा केन्द्रित हुनेछ ।
भातीय पक्षले वार्तामा कश्मीर र इन्दुस जल सन्धिबारे कुनै छलफल नहुने स्पष्ट पारेको छ ।
रक्षाविज्ञ सञ्जीव श्रीवास्तवले डीजीएमओस्तरको वार्ता दुवै देशका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् । ‘वार्ता भारत र पाकिस्तानबीच भएको युद्धविरामको सहमतिलाई कसरी निरन्तरता दिने भन्ने विषयमा केन्द्रित हुनेछ,’ उनले भनेका छन् ।