• बैशाख २९ २०८२, सोमबार

टेस्ट क्रिकेटबाट विराट कोहलीले लिए सन्न्यास

बैशाख २९ २०८२, सोमबार

वैशाख २९, काठमाडैं । भारतीय क्रिकेटका सफलतम ब्याटरमध्ये एक विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यससँगै भारतीय यी लिजेन्ड खेलाडीले आफ्नो सानदार टेस्ट करिअरको अन्त्य गरेका छन् ।

कोहलीले कुल १२३ टेस्ट म्याच खेले, जसमा २१० पारीमा उनले ४६.८५ को औसतले ९३२० रन बनाए । टेस्ट क्रिकेटमा नटआउट २५४ रन उनको सर्वोच्च स्कोर हो ।

आफ्नो टेस्ट करिअरमा कोहलीले कुल ३० शतक र ३१ अर्धशतक प्रहार गरे । कोहलीले इन्स्टाग्राममा आफ्नो सन्न्यासको घोषणा गरेका हुन् ।

‘इमानदारीका साथ भन्नुपर्दा मेरो टेस्ट फम्र्याटको यात्रा यस्तो हुनेछ भन्ने मैले सोचेको थिइनँ,ु कोहलीले लेखेका छन्, ुयसले मेरो पहिचान गर्याे, मलाई निखार्याे र मलाई यस्तो सबक सिकायो, जो म जिन्दगीभर सम्झनेछु ।’