• बैशाख २९ २०८२, सोमबार

गर्मीमा मोही ! स्वास्थ्यका लागि फाइदै फाइदा

बैशाख २८ २०८२, आईतवार

मोही भन्नेबितिकै सबैलाई थाहा भएकै कुरा हो यो स्वास्थ्यका लागि निकै प्रभावकारी मानिन्छ ।  मोहीले शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्छ ।

स्वादको हिसाबले मात्र नभई मोही स्वस्थ रहन र विभिन्न किसिमका शारीरिक समस्या समाधान गर्न पनि त्यति नै उपयोगी मानिन्छन् ।

ग्यास्ट्रिकको समस्या हुनेहरूले अमिलो मोही पिउन नहुने पोषणविद्को भनाई छ । मोही बेलुकीभन्दा बिहान र दिउँसो पिउँदा प्रभावकारी मानिन्छ । आयुर्वेदमा खाना खाने बित्तिकै पानी पिउनु राम्रो मानिँदैन । तर, मोही पिउँदा स्वास्थ्यलाई हानि हुँदैन ।
बजारबाट मोहीलाई बजार ल्याउनुअघि यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्छ । यसमा चिनी लगायत अन्य विकार वस्तु हाल्नु हुँदैन ।
मोही पिउँदाका फाइदा
–मोहीमा पर्याप्त मात्रामा क्याल्सियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ ।
–मोहीलाई भुटेको जिराका साथ पिउनाले पाचन प्रणाली दुरुस्त राख्न मद्दत गर्छ, साथै पेटको गर्मी र अन्य समस्याबाट पनि जोगाउन मद्दत गर्छ ।
–मोटोपना अधिक हुँदा मोहीमा नुन मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ ।
–बिहान–साँझ मोही पिउँदा स्मरण शक्ति तेज हुन्छ । पटकपटक बाडुल्की लाग्ने समस्या रहेमा मोहीमा एक चम्चा अदुवाको रस र पाउडर मिलाएर पिउनु लाभदायक हुन्छ ।
–बान्ता आउने जस्तो भएमा मोहीमा जाइफल पिसेर त्यसको मिश्रण पिउँदा लाभदायक हुन्छ ।