वैशाख २८, काठमाडौं । खोटाङमा श्रीमान हत्याको आरोपमा एक महिला पक्राउ परेकी छन् । ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–९, स्थित माथिल्लो चिचिङ्गाकी ५३ वर्षीया रेनुका राई पक्राउ परेकी हुन् ।
प्रहरीका अनुसार, विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएका थिए । घटनाको सूचना पाएपछि प्रहरी चौकी अर्खौलेबाट खटिएको टोलीले रेनुकालाई शनिबार बिहान पक्राउ गरेको हो ।
गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।