• बैशाख २८ २०८२, आईतवार

रुसले टेलिभिजनमा सोम्बोधन गर्दै युक्रेनलाई वार्ताका लागि आह्वान

बैशाख २८ २०८२, आईतवार

मस्को । रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनलाई वार्ताका लागि आह्वान गरेका छन्।

‘हामी गम्भीर वार्ता गर्न चाहन्छौँ। अहिलेको द्वन्द्वको जरो पहिचान गरेर स्थायी शान्तिको बाटोमा जान चाहन्छौँ,’ शनिबार टेलिभिजन सम्बोधनमा पुटिनले भने।

बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों युक्रेन भ्रमणमा पुगेर रुसलाई ३० दिने युद्ध विराम तत्काल लागु गर्न भने पछि पुटिनको सो अभिव्यक्ति आएको हो। यसपछि मस्कोले प्रेस विज्ञप्ति जारी गर्दै यो सोचनीय विषय भए पनि अनावश्यक दबाब उपयुक्त नहुने चेतावनी दिएको थियो।

पुटिनले वार्ताका सबै ढोका खुला राखेको बताए। उनले स्थायी समाधान निकाल्नका लागि टर्कीको इस्तानबुलमा वार्ता उपयुक्त हुने बताएका छन्। पुटिनले यसको बारे आइतबार टर्कीका राष्ट्रपति रेकेब तैयाब अर्डोगानसँग पनि सल्लाह गर्ने छन्। यो विषयमा युक्रेनको भने प्रतिक्रिया आइसकेको छैन।