वैशाख २७, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा ढुवानी व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री पौडेलले हरेकलाई सम्मानका साथ आफ्नो व्यवसाय अघि बढाउने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका हुन् ।
उनले देशभित्र उत्पादन बढाउने, राज्यलाई कर तिर्ने र सम्मानित नागरिकका रूपमा समाजमा प्रस्तुत हुने अवस्था सिर्जना हुँदै गएको बताए ।
उनले ढुवानी व्यवस्था प्रभावकारी हुन नसके वितरण प्रणालीमा नै असर पर्ने भन्दै यसलाई प्रभावकारी बनाएर समृद्धिको यात्रामा अघि बढ्न सकिनेमा बताए । मन्त्री पौडेलले बजेट निर्माणमा सबैको सुझावलाई महत्वका साथ आफूले हेरेको बताए ।