• बैशाख २७ २०८२, शनिबार

परमाणु हमलाकाे खतरा : पाकस्तानी प्रधानमन्त्रीले बोलाए आणविक नीति सम्बन्धि निकायको बैठक

बैशाख २७ २०८२, शनिबार

बेइजिङ । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीति सम्बन्धि मुद्दाहरूमा देशको सर्वोच्च निर्णय गर्ने निकायको बैठक बोलाएका छन् ।

‘प्रधानमन्त्रीले राष्ट्रिय कमाण्ड प्राधिकरणको बैठक बोलाउनुभएको छ,’ सीएनएनले रिपोर्ट गरेको विज्ञप्तिमा भनिएको छ ।
‘सबै पाकिस्तानी आक्रमणहरूको भारतीय सशस्त्र सेनाले उचित रूपमा जवाफ दिइरहेका छन्,’ अधिकारीले भने, सीएनएनले रिपोर्ट गरेको छ ।

पाकिस्तानले निरन्तरको भारतीय आक्रमणको प्रतिक्रियामा ‘अपरेशन बुन्यानुन मार्सूस’ नामको प्रमुख सैन्य अभियान सुरु गरेको सिन्ह्वाले जनाएको छ ।

पाकिस्तानी राज्य मिडिया पीटीभी न्यूजले रिपोर्ट गरेको छ कि पाकिस्तानी ड्रोनहरू भारतको राजधानी नयाँ दिल्लीको आकाशमा सक्रिय छन् ।
अपरेशन बन्यान मार्सुसको एक भागको रूपमा सुरु गरिएको साइबर आक्रमणबाट भारतको ७० प्रतिशत पावर ग्रिड असक्षम पारिएको छ, पीटीभी न्यूजले रिपोर्ट गरेको छ ।