• फाल्गुन २४ २०८२, आईतवार

भारतको साथमा कुनै पनि देश नरहेको पाकिस्तानी रक्षामन्त्रीको दाबी

बैशाख २६ २०८२, शुक्रबार

वैशाख २६, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इजरायलबाहेक कुनै पनि देश भारतको साथमा नरहेको बताएका छन् ।

पाकिस्तानको राष्ट्रियसभालाई सम्बोधन गर्दै उनले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि भारतले इजरायलबाहेक कसैको साथ नपाएको दाबी गरेका हुन् ।

‘विश्वभरका धेरैजसो देशहरू यस मुद्दामा तटस्थ छन,’ पाकिस्तानका रक्षामन्त्री आसिफले भने, ‘हाम्रा केही मित्रहरू जस्तै चीन, टर्की र अजरबैजान पाकिस्तानको स्पष्ट समर्थनमा अगाडि आएका छन् ।’

उनले संसद्लाई पाकिस्तान सरकार दैनिक रूपमा इरान, यूएई, साउदी अरेबिया, चीन र कतारसँग सम्पर्कमा रहेको जानकारी दिएका थिए ।