• बैशाख २६ २०८२, शुक्रबार

भारतले सबै अन्तराष्ट्रिय कानुन उल्लंघन गर्याे : पाकिस्तान

बैशाख २६ २०८२, शुक्रबार

काठमाडौं । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले भारतसँग बढ्दो तनाव र ‘ड्रोन आतंकवाद’ बारे कार्यवाहक अमेरिकी राजदूत नाटाली बेकरलाई जानकारी गराएका छन् ।

पाकिस्तानी गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार, भारतले सर्वसाधारणलाई लक्षित गर्दै ड्रोन आक्रमण गरी सबै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप पाकिस्तानले लगाएको छ ।

गृहमन्त्री नकवीले भने, ‘पूरै क्षेत्र युद्धको संघारमा छ । हामी कहिल्यै हाम्रो सुरक्षामा सम्झौता गर्न दिंदैनौं ।’