भन्टाका बेफाइदा यस्ता छन् ः
– भन्टालाई डिप फ्राइ गर्नुहुन्छ भने यसले अत्यधिक तेल सोस्ने गर्छ । यस्तोमा डिप फ्राई गरिएको भन्टा अत्यधिक चिल्लो हुन्छ र यसको सेवनले तौल बढ्ने, मुटु र मस्तिष्कमा समस्या देखिन सक्छ ।
– डिप्रेशनको औषधी खाइरहेका व्यक्तिले आफ्नो डाइटबाट भन्टालाई निकाल्नुहोस् । भन्टाले औषधीको असरलाई कम गर्न सक्छ ।
– जसलाई पत्थरी छ, उनीहरुले पनि भन्टाबाट टाढा नै बस्नुपर्छ नभए पत्थरीको पीडा वृद्धि हुनसक्छ ।
-भन्टाको सेवन गर्दा यदि कुनै प्रकारको एलर्जी देखिएको छ भने यसको सेवन तुरुन्त बन्द गर्नुहोस् ।
– यदि अत्यधिक भन्टाको सेवन गर्नुहुन्छ भने यसले पेटमा समस्या निम्त्याउन सक्छ जस्तै पेट दुख्ने, पोल्ने आदि हुनसक्छ ।