• बैशाख २६ २०८२, शुक्रबार

कुलमान र हितेन्द्रको बयानले अन्योल सिर्जना गरेको भन्दै सत्य–तत्य जानकारी गराउन माओवादीको माग

बैशाख २६ २०८२, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको जानकारी गराउन माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलले संसदमा हालसम्मको आर्थिक अवस्थाको जानकारी गराउन आग्रह गरेका हुन् ।

उनले सरकारलाई संसदमा जानकारी गराउन सभामुखमार्फत् सरकारलाई रुलिङ गर्न माग गरे । ‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत् जानकारी गराउनु भएका विद्युत प्राधिकरणका आम्दानी र खर्चको विवरणहरूले आम जनतामा अन्योल सिर्जना गरेको छ । त्यसैले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे यस सदनलाई जानकारी गराउन सभामुखमार्फत् रुलिङ होस् ।’