वैशाख २६, काठमाडौं । पाकिस्तानले गए राति (८ र ९ मे) पूरै पश्चिमी सीमामा आक्रमण गरेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाका अतिरिक्त लोक सूचना महानिर्देशनालय (एडीजी पीआई) ले गए राति पाकिस्तानी सेनाले आक्रमण गरेको जनाएको हो ।
भारतीय सेनाको एडीजी पीआईले सामाजिक सञ्जल एक्समा एक भिडियो शेयर गरेको छ । उक्त पोस्टमा भनिएको छ– ‘पाकिस्तानी सशस्त्र बलले ८ रन ९ मे २०२५ को मध्यरात सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारद्वारा आक्रमण गर्याे ।’
भारतीय सेनाले पाकिस्तानी सैनिकले जम्मु कश्मीरको नियन्त्रण रेखामा थुप्रैपट युद्धविरामको पनि उल्लंघन गरको दावी गरेको छ ।
भारतीय सेनाले पाकिस्तानले गरेको उक्त ड्रोन आक्रमण असफल पारिएको र युद्धविराम उल्लंघनको कडा जवाफ दिइएको जनाएको छ ।