काठमाडौं । बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ घर भएका ३२ वर्षीय अर्जुन सुर्खेती, सोही ठाउँका २४ वर्षीय रूपेश ढकाल र दाङकी ५० वर्षीया मोतिसरा खत्री छन् ।
प्रहरीका अनुसार सुर्खेती र ढकालले जर्मनी पठाउने भन्दै दुई जना पीडितसँग ३५ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।
खत्रीले अमेरिका पठाउने भन्दै एक जना पीडितसँग ५ लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।