वैशाख २५, काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लब र वीरगन्ज युनाइटेडबीचको खेल ३–३ को बराबरीमा टुंगिएको छ ।
बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा वीरगन्जले तीन गोलको अग्रता बनाएको थियो । ब्वाइज युनियनले खेलमा पुनरागमन गर्दै बराबरी गरेको हो ।
खेलको चौथो मिनेटमा वीरगन्जले एक आत्मघाती गोल उपहार पायो । यद्यपि, वीरगन्जले अग्रता लामो समयसम्म जोगाउन सकेन ।
सातौँ मिनेटमा ब्वाइज युनियनले सुजित बुढाथोकीको खेलमा पुनरागमन गर्याे । १९औँ मिनेटमा अमित बछारले गोल गर्दै वीरगन्जलाई २–१ को अवस्थामा ल्याए ।
दोस्रो हाफमा ब्वाइज युनियनले खेलमा पुनरागमन गर्याे । ५६औँ मिनेटमा दोर्जे तामाङले टोलीका निम्ति बराबरी गोल फर्काए ।
८४औँ मिनेटमा वीरगन्जका अमर डंगोलले टोलीको अग्रतालाई ३–२ सम्म पुर्याए । वीरगन्जले यो अग्रता पनि लामो समयसम्म जोगाउन सकेन । इन्जुरी टाइममा ब्वाइज युनियनका दिव्यविक्रम चौधरीले टोलीलाई खेलमा फर्काए ।
बराबरीसँगै दुवै टालीले समान एक अंक जोडेका छन् । लिगको तेस्रो स्थानमा रहेको वीरगन्जले कुल १० खेलमा चार जित, तीन बराबरी र तीन हारसहित १६ अंक बनाएको छ ।
त्यस्तै, ब्वाइज युनियनले पनि कूल १० खेलमा चार जित, तीन बराबरी र तीन हारबाट १६ अंक बनाएको हो ।