• बैशाख २९ २०८२, सोमबार

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बैशाख २५ २०८२, बिहीबार

२५ वैशाख, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।