• फाल्गुन २६ २०८२, मंगलवार

आज पनि प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

बैशाख २५ २०८२, बिहीबार

काठमाडौं ।   प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि गत सोमबारदेखि निरन्तर छलफल भइरहेको छ ।