• बैशाख २५ २०८२, बिहीबार

पाकिस्तानमा भारतको आक्रमणप्रति गम्भीर बन्न सांसद गौतमले गराए ध्यानाकर्षण

बैशाख २४ २०८२, बुधबार

वैशाख २४, काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले पाकिस्तानमाथि भारतको आक्रमणप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले अल्पकालीन र दीर्घकालीन प्रभावबारे समयमा नै छलफल अघि बढाउन माग गरे ।

‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत–पाकिस्तानकाबीच युद्ध सुरु भएको छ । हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुई किसिमका प्रभावका बारेमा सरकार गम्भीर बनोस् । समयमा नै यसमा छलफल अघि बढाओस,’ उनल भने ।