बेलायतको औद्योगीक र पुँजीवादी क्रान्तिबाट सुरु भएको मजदूर आन्दोलन आज विश्वभरीका मजदूरमा उदाउन सफल भएको छ । देशको सम्पूर्ण सम्पति कारखानाका मालिक, साहु महाजन, बैंकपतिको कब्जामा जम्मा हुर्दै गर्दा मजदूरलाई मेसिनको पाटपुर्जा जस्तै व्यवहार गर्न थाले । मजदूरलाई १८—२० घण्टा काम लागउन थालेपछि मजदूरले आफूलाई शोषण गर्ने मालिक नभएर मेसिन ठानी मेसिन फोड्नबाट सुरु भएको मजदुर आन्दोलन वा बेलायतमा नयाँ आविष्कार भएको मेसिनले १०० जना मजदूरले गर्ने काम एउटा मेसिनले गर्न थालेपछि बेरोजगार मजदूरहरुले आफ्नो रोजिरोटी खोस्ने मेसिन भनी मेसिन तोडफोट गर्ने विषयलाई आपसमा सल्लाह गर्न थाले मजदूरहरु हड्ताल र नारा जुलुस पनि सुरु गरे तर तत्कालिन बेलायती सरकारले मजदूरलाई कुनै संगठन खोल्न नपाउने ऐन बनायो ।
यो ऐनले मजदूरहरुलाई मालिक र मेसिनको बिरुद्ध कुनै पनि आन्दोलन गर्न नपाउने नीति बनायो । यो ऐन मजदूरहरुमा सरकार र मालिकको विरुद्धमा सङगठित हुने र संघर्ष गर्न चेतना चेतना जागृत गर्यो । मजदूरहरुले लुकीछिपी संगठन बनाउने र एकताबद्ध भएर सङ्घर्ष गर्ने योजना बनाउन थाले । यसै सिलसिलामा “मजदुर साथीहरुको सभा” “लुडाइट” (लडाकु) संघ निर्माण गरे । सन् १८०२ देखि १८०९ सम्ममा बेलायतमा एउटा कपडा काखानामा जुटमिल भन्ने आधुनिक मेखिन जडान गरेपछि सयौं मजदूरले गर्न काम एक्लै एक्लै एउटा मेसिनले गर्न थालेपछि बेरोजगार मजदुरहरु (लुडाइट मजदुरहरु) जुलुस धर्ना समेत उत्रिन थाले ।
१८११ नोभेम्वरमा लुडाइट मजदूरहरुले सङ्गठित शसक्त प्रकारले आधुनिक मेसिन ध्वस्त पारिदिए । यो आन्दोलनले आधुनिक मेसिनलाई आगो लगाएर खरानीमा पविर्तन गरीदिए । यसपछि सरकार र मालिक मिलेर आन्दोलन दवाउन खेजियो । पुलिसहरुले मजदूर आन्दोलन दबाउन मालिकसँग मिलेर निर्मम दमन र अत्यचार गर्यो । मजदुरलाई आफ्नो संगठन बाहेक जाहेरी गर्ने ठाउँ भएन । मजदूरले यसपछि वास्तविक शत्रु मेसिन होइन कारखानाका मालिक पो हो भन्ने बुझे मजदूरमा नयाँ चेतना जागृत भयो । सन् १८१२ मा मजदूरको आक्रमणबाट असफल भइ ज्यान गयो । त्यसपछि सरकार मजदूरहरुको विरुद्ध आगो बनेर प्रस्तुत भयो । मजदुर विरुद्ध कडा कानुन बनायो । बेलायती संसदले मेसिन र मालिक विरुद्ध भौतिक आक्रमण मात्र होइन बोल्नेलाई समेत कडा कारवाही गरिने ऐन बनायो ।
लङ्कासायरमा कारखानाको मेसिन फोड्ने अभियोग लागेका १४ जनालाई फाँसीको सजाय दिइयो । वेस्टहोटलको भापको इन्जिनमा आगो लगाएका आरोपमा लङ्कासायरका ७ जना मजदूरलाई कठोर कारावासको सजाय दिने र नेतृत्व गरेका ४ जनालाई फाँसीको सजाय सुनायो । ज्यान सजाय सुन्ने १८ जना कारकासको कडा सजाय भोग्ने विवस सबै मजदूर लुडाइट आन्दोलनमा मजदूर थिए । यो दमन पुँजीपति वर्गद्धारा भएको निकै बिभत्स र निर्मम दमन थियो । यो भयनक त्रासपूर्ण घटनाले लुडाइट आन्दोलमा ठुलो क्षति पुग्यो । केहि समयका लागि आन्दोलन मत्थर हुन पुग्यो । इङ्ल्यान्ड र युरोपका पुँजीपतिहरु मजदुरको यो पराजयले हर्षित भए । भविष्यमा मजदुर आन्दोलनले टाउको उठाउन नसक्ने टाउको उठाए यहि गति हुने शङ्खघोष गरे ।
तर पुँजीपतिको सपना सरकार भएन । सन् १८१६ मा इङ्ग्ल्यान्डमा मौसमको प्रतिकुलका कारण उत्पादन ह्वात घट्यो । अनिकाल र मंहगीका कारण किसान र मजदूरको अवस्था अत्यन्त दयानीय बन्न गयो । तरकारी खाद्यान्नको मूल्य दोव्बर बढ्यो । पुँजीपतिले अन्न तरकारी गोदाममा संचित गर्ने जनताको अवस्था असाध्यै आक्रान्त बन्यो । आर्थिक संकटका कारणबाट उत्पादित कपडा लगायत अन्य समानहरु बिक्रि हुने क्रम घट्दै गयो । जसले गर्दा पुँजीपतिहरुले सामान उत्पान कटौती गर्दै गए ।
‘मरता क्या नहीं करता’ । मरण र बाँच्नको अवस्थाको धरातलमा गिर्यो । बेरोजगार भोकानाङ्गा मजदूरहरुको पुँजीपति बिरुद्ध क्रोधको सीमा रहेन । बेरोजगार मजदूरहरुले नोटिङघमबाट पुन आन्दोलन संखघोष गरे । इङ्ल्यान्डका औद्योगीक गोदाममा आगो लगाउन थाल्यो । मेसिनहरु टुक्रा टुक्रा हुन थाले र कयन् मेसिनहरु आगो लगाए । यो आन्दोलनले पुँजीपति वर्गहरुको ठुलो खलबल पैदा गरायो । यो उत्सर्गमा पुगेको झन्डै गृहयुद्धमा लिएको आन्दोलनलाई पनि भएभरको बल बुद्धी लगाएर प्रतिक्रियावादी कानुन लगाएर पुँजीपतिहरुले निर्दयतापूर्वक दबाउने कार्य गरे । लुडाई आन्दोलन अन्तराष्ट्रिय मजदुर आन्दोलनको प्रारम्भिक आन्दोलन थियो ।
लियोन मजदुर बिद्रोह : फ्रान्सको लियोन शहरमा सन् १८३१ मा कपडा काराखानामा मालिकले मजदूरलाई असाध्य कम तलवमा काम गराउँथे । त्यो तलवले मजदूरलाई खान नपुगेपछि तलव बढाउने माग राख्दै आन्दोलन भएको थियो । काखानाका मालिकले मजदूरको माग पुरा गर्न मानेनन् । मजदूरहरु एकगठ भएर उठे र काम छोडेर आन्दोलनमा लागे । पुँजीपति वर्ग सरकारलाई गुहान पुग्यो । सरकारले मजदूरको हड्ताल दबाउन पुलिस फौज पल्टन पठायो । पुलिसले मजदूरलाई कुटपिट गरी थुन्न थालेपछि सम्पूर्ण मजदुर सड्कमा आर्ले । “काम गरेर बाँच वा लड्दा लड्र्दै मर” भन्ने नाराको साथ उठेका मजदूर विद्रोहलाई दवाउन सकेनन् । पुलिस र सेनालाई लियोन सहरबाट लखेटे र शहर कब्जा गरे । मजूुरमा राज्य चलाउने क्षमता राजनीतिक पार्टी संगठन कुनै कार्यक्रम थिएन ।
तैपनि १० दिनसम्म लियोन शहरमा मजदूरले कालोझण्डा फरफराए । साना घरेलु कारखानाका मालिक मालिकहरुले पनि साथ दिएनन् । फ्रान्स सरकारले पेरिसबाट बिशाल सैनिक पल्टन लियान शहर पठायो । शहर कब्जा गर्यो । सेनाको बन्दुक र हातहतियारका अगाडी निहत्था मजदूरहरुको केहि चलेन । यो विद्रोह पराजयमा टुङ्गिएता पनि यसको प्रभाव फ्रान्समा मात्र होइन । युरोपभरी फैलियो । यो विद्राहले वर्गशत्रु चिन्ने अवसर प्रप्त भयो । कारखानावाट केहि सेवासुविधा लिएका निम्न पुँजीपति स्तरका मजदूरहरुबाट समेत निर्णायक संघर्षको बेला धोका हुन्छ भन्ने थाहा पाए । १८३१ मा दबाएपछि मजदूरको अवस्था दयानीय हुँदै गयो ।
अन्याय, अत्याचार र शोषण अझ तिब्र बन्यो । यो अवस्थावाट क्रोधित भएर लियोनका मजदूरले १८३४ मा फेरि विद्रोहको झन्डा उठाए । यो विद्रोहमा प्रधान शत्रुलाई परास्त गर्न साना शत्रुहरु मिलेर लड्ने नीति बनाइएको थियो । जुन निति अन्तरर्गत केहि क्रान्तिकारी, बुद्धीजीवी, पुँजीपति, अन्य तह र तप्काका जनताको पनि समर्थन जुटाउने प्रयत्न गरिएको थियो । यो विद्रोहमा राजतन्त्र नचाहने गणतन्त्र चाहने पँुजीवादी गणतन्त्रवादीको पनि समर्थन रहेको थियो ।
पुँजीवादी गणतन्त्र चाहने पँुजीपतिहरुले मजदूरलाई कालोझण्डाको स्थानमा रातो भण्डा बोकेका थिए । तिनीहरुले राजाको शासन होइन, जनताको निर्वाचित प्रतिनिधिको शासनको माग गरेका थिए । यो विद्रोहमा पनि आन्दोलनकारीहरुले लियोन शहरमा एक हप्तासम्म कब्जामा लिए । यो मजदुर विद्राहलाई दवाउन हजारौंको संख्यमा पल्टन पठाए । मजदुरहरुको विद्रोह दवाउने नीति अपनायो । पुँजीपति वर्गकोबीचमा आएका पल्टन र मजदूरबीच भिषण संघर्ष भयो ।
काटाकाट, मारामारमा सर्वहार मजदुरहरुले ठुलो बलिदान गरे । संघर्षमा रगतको भल बग्यो । विडम्बना यो भयो कि मजदूरहरुको विद्रोहलाई साथ दिएका गणतन्त्र पुँजीवादीहरुले राजा लुई फिलिपसित सम्झौता गरेर मजदुर वर्गलाई धोका दिने काम गरे । विद्रोहलाई फ्रान्सको पल्टनले क्रुरतापूर्वक दबाउन सफल भयो । फलस्वरुप १८३४ को मजदुर विद्रोहमा पुँजीपतिले धोका दिएर ठुलो विश्वातघात गरे ।
चार्टिस्ट आन्दोलन : बेलायतमा प्रजातन्त्रको प्रचलन भएकोबेला सन् १८३२ भन्दा पहिले सबै पुँजीपतिहरुले समेत मताधिकार प्रयोग पाउँदैन थिए । पुराना राजा रजौटा, समान्त धनी जमीनदारहरुलाई मात्र निर्वाचनमा उम्मेदवार बन्ने र मत अधिकार थियो । यो कानुन बनाउने सामन्त नै हुन्थे । त्यसले आफ्नो हित अनुकुल कानुन बनाउँथे । तसर्थ पुँजीपतिहरुले संसदमा आफ्नो प्रतितिधित्व बनाउन चाहन्थे । १८३२ मा पुँजीपति वर्गले संसदमा आफ्नो प्रतिनिधि पठाउन र निर्वाचनमा भाग लिन पाउनु पर्दछ भनी आन्दोलन गरे । पुँजीपति वर्गको आन्दोलनमा किसान, मजदुर र ज्यामीहरुले न्यायपूर्ण र ऐक्यबद्धता जनाए र संघर्षमा भिडे ।
किसान मजदुर वर्गको समर्थन सहभागीताका कारण आन्दोलन उत्कषर्णमा लियो । पुँजीपति वर्गको नेतृत्वमा उठेको सो मागपत्र आन्दोलन सफल भयो । पुँजीपतिहररु संसदमा चुनिने र चुन्न पाउने कानुन अधिकार समेत सम्बोधन भयो । तर पुँजीपति वर्गहरुले आफ्नो नेतृत्व गरेको मागपत्रको आन्दोलन बिर्सेर समान्तसँग हात मिलाउन गए । मजदूर किसानको पक्षमा कुनै कानुन बन्न सकेन । संसदमा पुँजीपति वर्गको प्रतिनिधिबाट किसान मजदूरहरुको पक्षमा आवाज उठ्दैन र आफ्नो पक्षमा ऐन कानुहरु बन्दैन भन्न कुरा थाहा पाएपछि संसदमा आफ्नो प्रतिनिधित्व पाउन र मताधिकारको प्रयोग गर्न पाउनुपर्छ भनी माग राखेर १८३५ मा विशाल सभा गरेर आन्दोलन गरे । पर्चा छर्न थाले पर्खालमा आफ्नो माग सहितको पोस्टर टास्न थाले ।
१८३६ मा बेलायतमा पुँजीपतिहरुले कब्जा गरे । गम्भिर आर्थिक संकट स्थिति पैदा भयो । कलकाखाना बन्द भए । मजदूरहरुको ज्याला घट्यो र बेरोगारी बढ्यो । आर्थिक संकटका कारण मजदूरहरुले आफ्नो माग पत्र आन्दोलनलाई तेजको रुपमा अगाडी बढाउन के गर्ने भन्ने विषयलाई १८३६ को वर्षभरी छलफल कुराकानी गरे । १८४० मा मेनचेस्ट भन्ने ठाउँमा मजदूर भेला भएर एउटा मागपत्र तयारी गरे । त्यो मागपत्र उमेर पुगेका सवै नागरिकहरुले निर्वाचनमा भाग लिन पाउनुपर्छ भन्ने लेखिएको थियो । ती माग पत्रलाई जनता समक्ष समर्थको लागि प्रस्तुत गरिएको थियो । जसमा १२ लाख जनताले हस्ताक्षर गरे ।
अंग्रेजीमा यो मागपत्रलाई चार्टर भनिन्थ्यो । १८३२ मा पुँजीपति निर्वाचनमा भाग लिन पाउने भएपछि बेराजगार मजदुरहरुलाई कामदारहरुको एउटा किल्ला बनाएर विविध काममा लगाउने ऐन बनाएका थिए । जसमा क्याप बनाइएको थियो । त्यहाँ मजदूर राख्ने व्यवस्था मिलाइएको थियो । त्यसमा महिला पुरुषको क्याप अलग अलग थियो । मजदूर सिपाहीको रेवटमा डोरी बाट्ने लगायतका काम १७—१८ घण्टा जोताइन्थ्यो । पुँजीपतिहरु मिलेर चार्टिस्ट आन्दोलन कसरी मत्थर पार्ने उठ्न नदिने भन्ने विषयमा षडयन्त्र गर्न थाले । १८४२ मा भयानक आर्थिक मन्दी आयो । मजदूरहरुको अवस्था अरु नाजुक बन्दै गयो ।
चार्टिस्ट आन्दोलनको मागपत्र ३० लाख जनताको सहि छाप सहित एउटा बाकसमा २० जनाले बोकेर संसदमा बुझाउन लगेका थिए । सामन्त पुँजीवादी सरकारले त्यो मागपत्र स्वीकार गरेन । उल्टै प्रदर्शन र आम हडतालमा उत्रेका मजदूरहरुलाई माग पुरा गर्नको साटो दमन अख्तियार गर्यो । सरकारले हड्ताल गर्ने मजदूरलाई मुद्दा चलायो । कयौंलाई पक्रेर कष्टडीमा थुन्यो । बिशाल पैमानामा उठेको चार्टिस्ट आन्दोलन असफल भयो ।
चार्टिस्ट आन्दोलमा पुँजीपतिको सम्पूर्ण सम्पति राष्ट्रियकरण गर्नु पर्दछ, निजी सम्पति अन्त गर्नु पर्दछ, राज्यका अगाडी सम्पूर्ण नागरिक चराचर र बराबरको हैसियत रहनु पर्दछ भन्ने समाजवाद उन्मुख मजदूरहरुको गुट पनि थियो । यो गुटको नेता हेनरी थिए । गुटको माग अलि अग्रगामी पनि थियो । केटाकेटीहरुलाई काम लगाउन नपाउने, मजदुरहरुको ८ घण्टा मात्र काम हुनुपर्ने, मजदूरहरुको ज्याला बढाउनु पर्ने लगायत माग राखेका थिए ।
द्धितिय चाटिस्ट आन्दोलन : १८४२ मा सञ्चालन गरेका मागपत्र सरकारले दबाएपछि यो अवस्थाले मजदूरको झनझन जर्जर र कठिन हुँदै गयो । १८४७ मा मजदूरहरुले महासयहरु अहिले एउटा छलकपट बाहेक केहि पनि रहेन । त्यो हाम्रो दुखकष्ट बढाउने र यसलाई लम्वाउने एक मात्र उपाय हो । एकातिर गोदाममा अन्न भरिभराउ छ, अर्कातिर हाम्रा जहान छोराछोरी भोकभोकै मरिरहेका छन् । यो हेरी रहन सक्दैनौं भन्ने नारा र प्लेकाडहरु लेखेका बेलायतको ल्वेक वोर्न भन्ने ठाउँमा बेरोजगार मजदूरहरु भेला भए । त्यहाँ भत्ता बाड्न ऐन कार्यालय ल्यायो ।
देशभरमा मजदूर संगठित हुँदै गए । मागपत्र सहिछापको अभियान चल्यो अप्रिल १० १८४८ मा ५ लाख मजदूरको जुलुस सहित ५० लाख जनताद्धारा हस्ताक्षर सहित मागपत्र संसदमा बुझाए । नेतृत्वको निष्क्रियताको कारण सामान्य औपचरिताकता बोकेको संसदले सहजै लत्याइदियो । जसको स्वभाविक परिणाम मजदूर आन्दोलन पनि हारको दिशामा गयो । लगातार आन्दोलन बिद्रोहको कारण फेब्रुवरी २२, १८४८ मा निर्माण निमवाली सुधार गर्नुपर्ने लगायतका माग सहित एउटा बिशाल सभा आयोजना गरियो । सरकारले यो जनसभालाई असफल पार्न प्रतिवन्धको घोषणा गर्यो । तर मजदूरले तोको स्थानमा हाजिर भए । मजदूर नेता गिरफ्तारीबाट बचे र विद्रोहको आवाज गरे । सरकारले गाउँगाउँमा राष्ट्रिय गार्ड गठन गरेको थियो ।
तर राष्ट्रिय गार्ड मजदूरसँग पो मिल्यो । यो घटनाले सरकार आत्तियो । फेब्रुवरी १८४८ सरकारले मजदूरको जुलुस माथि गोली बर्सायो । शहरमा दई हजार स्थानमा छेकवार लगाएर पेरिसवासीहरु संघर्षमा होमिए । एकै रातमा हजारौं रुखहरु काटेर सड्कमा तेर्सायो र ढङ्गाहरु थुपारियो । २४ फेब्रुवरीमा मजदूरले सैनिक व्यारेक सहित सम्पूर्ण सहर कब्जा गरे । आफ्नो विजयको भण्डा फरफराए । राजा लुई फिलिप फ्रान्स भागे । त्यतिवेला लुईफिलिपका संसदमा राजावादीहरुको बहुलियत थियो । संसदमा लुईफिलिपका नातीलाई राजा बनाएर राख्न चाहन्थे । तर मजदुरहरुले राष्ट्रिय गाड मिलेर राजावादीको सडेन्त्र चाकनाचुर पारी दिए मजदूरले सामन्तवादीको किल्लालाई सडकमा ल्याएर जलाए ।
१८६० बाट सुरु भएको अमेरिकी मजदूर आन्दोलन १८९० मा सम्पन्न भयो ।
यसको आधारमा आज मजदूर दिवस मनाइन्छ । अन्राष्ट्रिय मजदूर आन्दोलनमा हेर्दा खास गरी सामन्तवाद नभइकन सोझै पुँजीवादमा ढल्किएको अमेरिकामा सन् १८६० को हारहारीमा मजदूरको ज्याला न्यून तोकिएको थियो । १८६६ मा इङ्ग्ल्याडबाट स्वतन्त्र भएको अमेरिका आफूलाई आत्मनिर्भर हुन कृषि अर्थतन्त्र र औद्योगिक दिशामा अगाडी बढायो ।
यसरी अगाडी बढ्नेक्रममा अमेरिकाले एक शताब्दी पुरा गरेको थियो । यो पुरा गर्न युरोपलाई एक हजार वर्ष लागेको थियो । अगाडी बढ्ने क्रममा अमेरिकाले १८३० मा रेल लाइन बिच्छाउने, फलाम, तामा र काठपात जस्ता कच्चा पदार्थको भण्डारण गर्ने कच्चा पर्दाथ सदुपयोग गरी औद्योगीकरणलाई अगाडी बढाएको पाइन्छ । १८४० देखि १८५० सम्म अमेरिकाले औद्योगिक क्रान्ति मात्र गरेर विश्वको पाचौँ स्थानमा उकालो लागेको अमेरिकामा यो ल्याउन लाखौं मजदुरको श्रम र पसिना खर्च भएको देखिन्छ ।
सन १८६० को सेराफेरोमा अमेरिकाको कुल जनसंख्या ३ करोड १० लाख थियो । यो जनसंख्याको कपडा काखानामा ५३ लाख, यातायतमा १८ लाख खेतीमा १० लाख र तेल मजदुर ७० हजार थिए । यी मजदूरहरुलाई विहान बेलुकाको गर्जो टार्न १६ देखि २० घण्टा काम गर्नु पर्थ्यो । पुँजीवादको चरम शोषण सिमाहिन थियो । १० वर्षका बालबालिकाले समेत १३—१४ घण्टा काम नगरे खाना पाउने अवस्था थिएन । पुँजीवादका कारण १८६५ मा अमेरिका विश्वको पाँचौबाट चौथो स्थानमा पुग्यो । यसरी अमेरिकाको तेज गतिले पुँजीवादको विकाससँगै मजदूरमाथिको शोषण पनि तिब्र हुँदै गयो । धनी झन धनी हुन थाले भने गरिव झन गरि हुन थाले । मजदुर माथि अतिरिक्त शोषण हुँदै गयो । मेसिनको तालमा मजदूरलाई काम लगाउँदै जान थालियो । जहाँ पुँजीवादले महिला बालबालिकालाई न्यून ज्यलामा काम लगाउँथे ।
महिलालाई हप्ताभरी काम लगाएवापत ६ डलर मात्र दिइन्थ्यो भने बालबालिका नगन्य थियो । त्यसकारण मजदूर दिनभरी काम गरेर झुप्रोमा फर्कंदा खाने कुरा केहि हुँदैन थियो । सुख्खा रोटी खाएर खुत्थे । दिउसो सख्खर वा एक टुक्रा माछामा नुन हालेर रोटी खान्थे । सुँगुर र गोरुको मासुसँग रोटी खान पाएको दिन खुसीले गदगद हुन्थे । डेरामा भाडा तिर्न नसकर एक कोेठामा ८—१० जना कोचिएर सुत्न बाध्य हुन्थे । लगाएको कपडा एकदुई जोर मात्र हुन्थ्यो । मजदूरको चेतना त्यति विकास भैइसकेको थिएन ।
१८७० को दशकमा जाँदा खपी नसक्नुको दमन र अत्यचारबाट पीडित भएका मजदूरहरुले लामो समय कामको र न्यून ज्यालाको अन्त्यको बिरुद्धमा आवाज उठाउन थाले । १८७० देखि १८८० बीच १० वर्षको अवधि मजदूरहरुको संघर्षको वर्षको रुपमा लिन सकिन्छ । यो समयमा रेल र कोइलाखानी मजदूरको हड्तालको रुपमा लिन सकिन्छ । यो समयमा रेलका लाइन बिछ्याउने र कोइलाखानीमा काम गर्ने मजदूरहरुले आर्थिक र राजनीतिक हड्ताललाई उत्कर्षमा पर्याए । तर पुँजीवादीहरुले ती हड्ताललाई असाध्यै निर्दयतापूर्वक दबाउँथे । १८७७ मा अमेरिकामा रेल मजदूरले प्रथम पल्ट विशाल आमहड्ताल गरे ।
यो हड्ताललाई पँुजीपतिले कम्युनिष्टको हड्ताल भएको आरोप लगाए । शहरमा लफङ्गा र गुण्डाहरुलाई पैसा खुवाएर मजदूर विरुद्ध आक्रमण गर्न लगाइयो । पत्रपत्रिकामा आमहड्ताल रोक्न माग गरियो । तर आमहड्ताल थामिएन । सरकारले ठप्प भएको रेल जबरजस्ती सुचारु गर्न खोज्यो । तर प्रदर्शन र मजदूरको आमहड्तालले ती रेल सुचारु हुन सकेनन् । उल्टै सुचारु गरिएका रेल रोकिन थाले । त्यसपश्चात ती पँुजीपति वर्गको प्रतिनिधित्व गरेको सरकार मजदूरको कामको घण्टा घटाउने र ज्याला बढाउने मागलाई सम्वोधन गरेनन् र उल्टो मजदूरको भिडमा गोली बर्साउने सेनालाई आदेश दियो ।
पुँजीपति वर्गको दमनले मजदूर आन्दोलन कमजोर भएन । यसलाई साथ दिन अन्य औद्योगिक मजदूर र किसानहरु समेत रेल मजदूरको आमहड्तालको समर्थनमा उत्रिए । तर पँुजीपति वर्गको सरकारले दमनको सहारा लियो । पिटर्स वर्ग, वाल्टिमोर र सिकागो शहरमा सरकारका हातहतियारधारी सिपाहीले मजदूरलाई निसाना बनायो । यो भिडन्तमा करिव ३०० मजदूर सहिद भए । यो हत्याकाण्डले अमेरिकाका लाखौं मजदूरलाई स्तब्ध बनायो । तर मजदूरपछि हटेनन् । पुँजीपतिको बिरुद्धमा संघर्ष गरी रहे, पुँजीपतिको विरुद्ध जीवन मरणको लडाइँ नलडी नछोड्ने सपथ खाए । संघर्ष घोषणा गरे, मजदूरले नयाँसिराबाट संघर्ष उठाउन ८ घण्टा कामको माग राखेर आन्दोलन अगाडी बढाउन थाले । पुँजीपति वर्गको सरकारले यो संघर्ष कुल्चने दुश्साहस गर्यो ।
हजारौं मजदूरहरु सहितद भए । अमेरिकाको दक्षिण प्रान्तको टेक्सासदेखि सेन्टलुईसम्म रगतको भल बग्यो । यसमा मजदूरको भीषण आन्दोलन पुँजीवादीसँग हार र पीडा व्यहोरे पनि पँजीपति वर्गको दमन अंध्यारो शासन कायम राख्ने सपना भने पुरा भएन । केहि महिना पश्चात नै पुनः मजदूरहरुले आठ घण्टा काम आठ घन्टा मनोरञ्जन र आठ घण्टा आरामको माग राखेर आन्दोलन गर्न तयार गर्न थाले । पेरिस कम्युनको हारपछि सुस्ताएको मजदुर आन्दोलनलाई अमेरिकाका महसुुर मजदूरहरुले फेरि ब्युँताउने काम गरेका थिए ।
यो आन्दोलन १८८६ मा एउटा बृहत निर्णायक मे आन्दोलनका निम्ति पृष्ठभूमी तयार गरेको थियो । अगष्ट २०, १८६६ बाल्टिमोरमा भेला भएको मजदूर संगठनहरुको भेलाले सर्वप्रथम ८ घण्टा कामको माग राखेर नेसनल लेबर युनियन भन्ने एक संगठनको निर्माण गरेका थिए । या संगठनका एचवी सिल्भस प्रथम अन्तराष्ट्रियका नेताहरुसँग थिए । नेसनल लेभर युनियनको १८६७ को अधिवेशनले अन्तराष्ट्रिय मजदूर आन्दोलनलाई सहयोग गरेको थियो । यो संगठनलाई कार्ल मार्क्सले पनि जोडले समर्थन जनाएका थिए । यो अमेरिकाको मजदूरको कुरा पनि उठाएका थिए । यो सङ्गठनलाई कार्ल मार्क्सले जोड समर्थन जनाएका छन् ।
कार्ल मार्क्सले यो अमेरिकाको मजदूर आन्दोलनमा निग्रो र गोरा मजदूरको कुरा पनि उठाएको पाइन्छ । यसमा काला र गोरा मजदूरबीचको भेदभाव पनि हटाउन जरुरी भएको भन्दै मार्क्सले वर्गीय एकतामा जोड दिएको पाइन्छ । सन् १८८६ को मजदूर आन्दोलताका मार्क्सको मृत्यु भइसकेको थियो, एङ्गेल्स भने जिवितै थिए । त्यो समयमा अमेरिकामा आठ घण्टा कामको माग गर्दै ३ लाख ५० हजार जनता आन्दोलनमा उत्रिए । आन्दोलनको सफल शिखरतिर पुगेको थियो । सिकागोका मजदूरहरुले ज्याला बृद्धी र आठ घण्टा कामको मागलाई लिएर मे १, १८८६ का दिन मुलुक भरी ठप्प पार्ने गरी एउटा निर्णायक आन्दोलन गर्ने तयारी अगाडी बढाए ।
प्रतिक्रियावादीका अखवारहरुले यो तयारीको विभिन्न कोणबाट बदनाम गर्ने तयारी गरे । यो आन्दोललाई सिकागोमा कम्युनिष्ट विद्रोहको प्रचार गरे । अखवारहरुले हड्तालीहरुलाई बमले उडाउनुपर्छ भन्ने विचार समेत प्रकट गरे तर मजदूर आफ्नो निर्णयमा अडिग रहे । आन्दोलनको तयारी हुँदै गयो । प्रतिक्रियावादीका अखवारहरुले सडकको हरेक बस्तीका खम्बाहरुलाई एउटा कम्युनिष्टको लासले सिगार्नु पदर्छ, हुलदङ्गालाई गोली, नेतालाई डोली जस्ता शिर्षक प्रवाह गरे । यस्तो धम्कीवाट मजदुर तर्सेनन् । मे १८८६ को दिनबाट सिकागो कामजदूरहरुले आमहड्ताल घोषण गरे । पहिलो दिनको आन्दोलनमा ४० हजार मजदूर आन्दोलमा आए । दोस्रो दिनको आन्दोलनमा न्यूयोर्क, बाल्टिमोर, वासिङ्टन, सेटलुई आदि शहर हुँदै देशभरी फैलियो ।
मजदूरको संख्या बढेर ८० हजार पुग्यो । मे १२ को आन्दोलनबाट सरकार अत्तालिन पुग्यो । मजदूर आन्दोलनबाट आत्तिएको सरकारले मे १३ का दिन निशस्त्र शान्तिपूर्ण हटतालमा उत्रेका मजदूरमाथि निर्मतापूर्वक निमुखा मजदुरमाथि गोली बर्सायो । गोलीबाट ५ जना मजदूरहरुको ज्यान गयो । ५० जना घाइते भए । सरकारप्रति मजदुरहरु थप कोध्रित हुन पुगे । मजदूरहरुले मे १४ को दिन सरकारको हिंस्रक र बर्बर आक्रमणका बिरुद्ध हे मार्केटमा विशाल जनसभाको आयोजना गरे । जनसभा भव्यरुपमा सम्पन्न हुँदै थियो । सभामा अन्ततिर मजदूरलाई भड्काउन सरकारले दमनको लागि वातावरण निर्माण गर्नका निमित्त एकजना सरकारी दलाल व्यक्ति पुलिसको जत्थालिएर शक्तिशाली बम फ्याँकेर भाग्यो । सो बमको कारण एकजना सार्जेन्टको ज्यान गयो ।
त्यसपश्चात भड्केकोे हिंसामा ७ जना पुलिस र ४ जना मजदूरको ज्यान गयो । यहि निहुँमा सरकार मजदुरको बिरुद्धमा क्रुर दमनमा उत्रियो । सभामा सरकारबाट पुलिसले लाठी, मुङ्ग्रा र गोली बर्साउन पुग्यो । यो आन्दोलनबाट त्यहाँका युनियनहरु एक भएका देखिन्छन् । सेन्ट्रल लेवल युनियन, फेरेसन अफ लेबर र सोसलिष्ट लेवर पार्टीसित सम्वन्धित सबै मजदूर सङ्गठनहरु मोर्चागत रुपमा सहभागी भए । सकारले सो बमकाण्डको आरोपी मजदुर नेता माथि थुपार्यो । मजदूर नेताहरुका विरुद्ध एकलौटी रुपमा हत्यारा सावित गर्ने प्रपञ्च मिलायो र मजदुर नेतालई प्रतिक्रियावादी अदालतमा खडा गरियो ।
अदालतले मजदूर नेताहरुलाई पारसन स्पाइस फिसर र एङ्गेललाई फाँसीको सजाय सुनायो र कयौं मजदूर नेताहरुलाई कडा कारवासको सजायले मजदुर आन्दोलनलाई सिथिल र कमजोर बनाउन मुख्य दोषीका रुपमा पुँजीवादी न्यायालयले फाँसीको तख्तामा झुण्डाउने फैसला गर्दा ती ४ जना महान सहिदहरुले आफ्नो वीरता र मजदूरको आन्दोलनलाई अटल विश्वासलाई यसरी प्रदर्शन गरेका थिए : “तिमीहरुले हामीलाई फाँसी दिएर दुःखकष्टमा बाँची रहेका लाखौं कराडौ थिचिएका श्रमिक जनताहरुको आन्दोलनलाई रोक्न सकिन्छ भनेर सोच्छौ र त्यही तिमीहरुको मत छ भने हामीलाई झुण्ड्याउ तर तिमीहरुले थाहा पाउनु पर्छ, एक टुक्रा फिलिङ्गोलाई मात्र कुल्चँदैछौं, जुन जसको ज्यान तिम्रो अगाडी ढल्की रहेको छ ।
यसलाई दबाउने तागत तिमीहरुको छैन ।” चार जना मजदुर नेतालाई फाँसीको सजाय दिएको घटना विश्वव्यापी भयो । मे एक आन्दोलनले समर्थन र मजदूर नेताहरुको हत्यारा विरुद्धमा युरोपभरी विशाल प्रदर्शनहरु भए । १८८९ मा संसारका प्रतिनिधिको एउटा बैठक सम्पन्न भयो । सो बैठकले मे १ लाई अन्तराष्ट्रिय मजदूर दिवस मनाउने निर्णय गर्यो । १८९० मा ८ घण्टा काको मागलाई लिएर समग्र युरोपभरी विराट मजदूरको आन्दोलनहरु भए । लण्डनमा भएको आन्दोलनमा एङ्गेल्सले भाग लिएका थिए । चार जना मजदूरलाई फाँसी दिएको ४ वर्षपछि अमेरिकी सरकार मजदुरलाई ८ घण्टा कामको माग पुरा भयो भने मजदूरले संद्धर्षबाट ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ आरमको सम्झौतामा अमेरिकाको पुँजीवादी सरका झुक्न बाध्य भएको देखिन्छ ।
नेपालमा मजदुर आन्दोलन विराटनगरको जुटमिलबाट वि.सं २००३ सालबाट सुरु भएको थियो । विराटनगरका कामदारलाई कुनै सेवा सुविधा, श्रम अधिकार नभएको मिल मालिकहरुले श्रमको बेवास्ता गरेपछि कामदारको जीवन कमजोर थियो । काम गर्ने कामदारलाई दबाइरहेका थिए । तत्कालिन गिरिजाप्रसाद कोइरालको नेतृत्वमा कामदार तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी र युवराज अधिकारीको नेतृत्वमा २००३ साल फाल्गुन २१ गते प्रदर्शन सुरु भयो । श्रमको आधारको माग राखेर हड्ताल सुरु गरिएको थियो । तर पछि राजनीतिक ट्रेड युनियनको अधिकार पनि माग गरियो । यो हड्ताललाई नेपाली कांग्रेसले सघाएको थियो ।
जसमा २००३ फाल्गुन २१ नेपालमा पहिलो सङ्गठित ट्रेड युनियन आन्दोलन सुरु गरिएको थियो । फाल्गुन २६ कांग्रेसको समर्थनमा हड्ताल सुरु भएको थियो । हड्तालले उग्ररुप लिँर्दै गइरहेको थियो । राणा वंशको शासनले हड्ताल रोक्न सेनालाई प्रयोग गरायो । नेतालाई पक्राउ गरेपछि वा सेना विराटनगर पुगेपछि हड्ताल अन्त्य भएको थियो । त्यसबेला कांग्रेसका ६ जना नेता विश्वेश्वरप्रसाद कोइराला, गिरिजा प्र. कोइरला, तारिणी प्र. कोइराला, महेन्द्र शर्मा, मनमोहन अधिकारी, युवराज अधिकारीलाई बन्दी बनाइएको थियो । यी मध्ये केहि नेताहरु भारत पलायन भएर पक्राउबाट जोगिएका थिए ।
यो अवस्थामा नेपालमा औद्योगिक विकास नभएको र कृषि मजदूर घरयारसी काम गर्न लगाउने नगन्यमा वा नदेखिएका थिए । जहाँ हलिया, कमैयाका रुपमा कृषि मजदूर थिए । जहाँ राणा शासनको बिर्ता राज्यले नियुक्ति गरेका जिमाल, बैदार र जमिन्दारको काम गरेर जीवीका चलाउने मजदूर थिए । त्यसको पनि काम गरेको बापतमा पैसा नभएर अन्न दिने काम गरिन्थ्यो । बिर्ता पाएका ठाउँमा हतियार बनाउने, लुगा सिउने, हलो जोत्ने घरको काम गर्ने मजदूर थिए । ती आफ्नो अधिनमा थिए । विराटनगर आन्दोलपछि यो औद्योगिक मजदूर आन्दोलन सुरु भयो ३ बुँदे दिल्ली सम्झौतापछि । नेपाली राजनीतिमा उथलपुथल आयो ।
पुरानै राणातन्त्रको बहाली सत्ता सञ्चालमा सहकार्यतापछि ओझेलमा पर्न गएको मजदूर आन्दोलन २००६ सालमा स्थापना भएको नेपालमा किसान आन्दोलनलाई जोड दियो । २००८ देखि ०१२ सम्म उत्कर्षमा पुगेको किसान आन्दोलन पनि २०१५ सालको संसदीय व्यवस्थामा पुगेपछि ओझेमा पर्न गयो । यो आन्दोलनले नेपाली किसानलाई अल्मलाउन २०२१ सालको भूमिसुधार ल्याएको देखिन्छ । जुन जमीनलाई पुँजी बनाएर अन्तरद्धन्द्ध फैलाउने नीति थियो । यसमा मजदूरहरु राजनीतिक पार्टीका भातृसंगठनको रुपमा प्रयोग हुन गए ।
पार्टीको अडान भन्दा बाहिर निस्कन नसक्ने र पार्टीका आदेशमा काम गर्ने भएपछि नेपालको मजदूर, किसान आन्दोलन ओझेलमा पर्ने गरेको छ । लगातार २००७ देखि ०१७ सालसम्म सत्ताधारी राजनीतिको पक्षपोषण गर्यो । २०१७ सालको फौजी काण्डपछि श्रम आन्दोलमा विकास पैदा भयो । अभियानमा गतिरोध पैदा भयो । निरंकुश पंचायती व्यवस्थाले मजदूर आन्दोलनको दुरूपयोग गर्ने प्रयत्न गर्यो र मजदुरको नाममा पंचायती पिट्ठुहरू भर्ती गरिएको नेपाल मजदुर संगठन नामक वर्गीय संगठन संचालन गर्यो । वास्तविक मजदुर आन्दोलन विकेन्द्रित भयो । कारखाना–कारखानामा मजदूरहरूले भूमिगत रूपमा आफ्नो संगठित अभियान जारी राखे ।
यसैगरी कर्मचारी, शिक्षकहरूको अभियानमा पनि प्रतिकुल असर पर्न गर्यो । सिङ्गो कर्मचारीतन्त्रलाई नै पंचायतले आफ्नो सुरक्षा कवचको रूपमा दुरूपयोग गरेकोले उनीहरूको अधिकार प्राप्तिको आन्दोलनमा गम्भीर गतिरोध उत्पन्न हुनु स्वभाविक थियो । २०३५/३६ सालको आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिले संगठित अभियानमा नयाँ गति दियो । कलकारखाना, होटल, यातायात, ट्रेकिङ लगायतका क्षेत्रमा कार्यरत मजदुर वर्गले पंचायती मजदूर संगठनको विकल्पको रूपमा आफ्नो संगठन निर्माण गर्यो । यसैगरी शिक्षकहरूले आफ्नो संगठन बनाए ।
२०४७ सालको जनआन्दोलनपछि कामदार–कर्मचारीहरूको संगठनको स्वरूप र अधिकारको वारेमा नयाँ उचाइबाट चर्चा चल्न थाल्यो। खासगरी ट्रेड यूनियन ऐन, २०४९ लागू भएपछि ज्याला आर्जकहरू सबैको संस्थालाई ट्रेड यूनियन मान्ने कि कामदारहरूको पेशागत संगठन बनाउने भन्नेमा बहस विशेष रूपले केन्द्रित हुन् पुग्यो ।
२०५२ को महान जनयुद्ध र २०६३—०६३को जन आन्दोलपछि नेपाली मजदुको आन्दोलनले चरम उत्कर्षमा ल्यायो जुन १२ देखि १८ घण्टा काम गर्ने मजदुरको अन्तराष्ट्रिय आन्दोलन जस्तै ८ घण्टा कामको माग राख्दै अखिल नेपाल ट्रेड युनियन संघर्षमा उर्लीयो जसमा ८ घण्टा काम गरे वाफत नेपाली मजदुरको तलब ५००० हुनु पर्ने आठघण्टा भन्दा बढी काम गरे घन्टाको आधारमा डेडी दिनु छुट्टीको दिन काम लगाए दोब्बर हुनुपर्ने, करार, ज्यलादारी ठेकेदारी प्रथाको अन्त्य हुनुपर्ने र काम लगाएका मजदूरलाई ३ महिनामा अस्थायी प्रमाणपत्र, ६ महिना भित्र कम्पनीको सेवा सुविधा दिनुपर्ने, सञ्चयकोष नागरिक लगानी कोषमा मजदूरलाई आवद्ध गराउनु पर्ने निष्कासन गर्न नपाउने, निष्कासन गर्नु परे ३ वटा सझाव स्पष्टिकरण सोधि सकेपछि मात्र गर्नुपर्ने, होटल लगाएयतका क्षेत्रमा १० प्रतिशत मजदूरलाई सेवा सुविधा उपलव्ध गर्नु पर्ने मजदूरको वार्षिक बिरामी बिदा १५ दिन, अन्य विदा १८ दिन कायम गर्नु पर्ने आदि माग सहित आन्दोलन सुरु भयो । यो आन्दोलनले नेपाली मजदूरको ८ घण्टा कामको ग्यरेण्टी गर्यो ।
जसमा तलवको सम्झौता ४६०० सिफरिस गर्यो । ८ घण्टा भन्दा बढी काम लगाउँदा डेडी छुट्टीमा दोब्बरको व्यवस्था छुट्टीको व्यवस्था १० प्रतिशत सेवाशुल्क छुट्टीको व्यवस्था हुँदै गएको थियो तर नेतृत्व साहुसँग काँध जोड्न गएपछि वा नेतृत्व आफै साहु उद्योगी कारखानाका मालिक भएपछि मजदूरको सेवा शुल्क काट्न थालियो । यो हुँदाहुँदै करार ज्यालादारी ठेकदारीले प्रसय पाए र मजदूर नेता आफै साहु भए । उद्योगी काखानाको मालिकसँग मिल्न गए ।
यसको लगत्तै मजदूरलाई हायर एण्ड फायर नो ओर्क नो पेको सिद्धान्त लागु गरी चार्टिस्ट आन्दोलनमा १८३२ मा पुँजीपतिले मजदूर किसानलाई धोका दिएका थिए । त्यसैगरी नेपाली मजदूर आन्दोलमा पनि ट्रेड युनियनका नेतृत्व र राजनीतिक पार्टीले धोको दिँदै आएका छन् । यसले नेपाली मजदूरको हालत हिजोको जस्तै छ भने मजदूरले खाइपाई आएको सेवासुविधा कटौती गरी राजनीतिक नेतृत्व र मजदुूर नेता आफ्नो नीजि स्वार्थ पूर्ति गर्ने गरेका छन् । यसले नार्जक बन्दै गएको छ ।
आज नेपाली मजदूरको अवस्था पनि हिजोको अमेरिकाको १८६० को भन्दा कम छैन । आज नेपली मजदूरको तलब २०८०/८१ को तलब आधारभूत १०,८२० महङ्गी भत्ता ६,४८० मासिक १७३०० मासिक तलब तोकेको छ । दैनिक ज्यालदारीको तलब आधरभूत ४१८ महङ्गी भत्ता २५०, दैनिक ६६८ रुपैयाँ र घण्टाको आधरभूत ५६, महङ्गी भत्ता ३३ गरी प्रतिघण्टा मासिक काम गर्नेलाई ८९ र आंशिक काम गर्नेलाई प्रतिघण्टा ९५ राज्यले तोकेको छ । यसमा पनि अमेरिकामा हिजो महिला र बालालिकालाई न्यून ज्यलामा सित्तैमा काम लगाउने गरिन्थ्यो । आज नेपालमा पनि कृषि मजदूरमा महिला र पुरुषको ज्यला फरक फरक छ ।
पुरुषलाई भन्दा महिलालाई ५० प्रतिशत कम दिने चलन र बालालिकालाई कृषि कर्म वा औद्योगीक क्षेत्रमा फकाएर काम लगाउने प्रचलन अझै छ । जस्तै कृषि कर्ममा पुरुषको ज्याला १००० दियो भने महिलालाई ५०० दिने बेतलबी बालबच्चालाई गोठालो पाठउने इट्टाभट्टीमा वा गार्मेन्ट, होटलमा बालबालिकालाई खाना दिएर निःशुल्क काम लगाउने फीका आधारमा काम लगाउने प्रचलन नपालमा थाती छ ।
यसले नेपाली मजदूरको दैनिक जीबिका गुर्जान गाह्रो भएको छ । नेपालीको दैनिक जिविका चलाउन एकजनालाई आजको अवस्थामा हेर्दा आवास ६०००, चामल २५००, तरकारी ५०००, शिक्षा ५०००, बत्ति, पानी फोहोर २०००, ग्यास १०००, स्वास्थ्य उपचार ५०००, तेल, नुन, मसला अन्य ५०००, खाजा खार्च ३०००, गाडी भाडा १००० सामान्यतया एकजना बाँच्न ३५००० आवश्यक पर्छ । राज्यले दिएको तलव १७३०० यसमा पनि १ प्रतिशत कर, १६० सामाजिक सुरक्षकोषमा १००० काट्दा जम्मा मजदूरको तलब १६१०० हातमा पर्ने देखिन्छ । उसको जिविका चलाउन ३५५०० आवश्यक पर्छ ।
उसले १६०० तलब राज्यले तोकेको छ । हिजो अमेरिकाको मजदूरको जस्तै आज नेपाल मजदूरको हालत छ । जहाँ एउटा कोठामा ४—५ जना कोचिएर बस्नु परको छ भने एक छाक मासुभात खाएको दिन नेपाली मजदूर खुसी हुने जस्ता नेपाली मजदूरको समस्या छन् । यता राज्यले २०७४ मा नो ओर्क नो पे, हायर एण्ड फायर सिद्धान्त लागु गरेपछि पुँजीवादी साहुको हातमा नेपाली मजदूरको आधिकार सुम्पेको छ । जहाँ काम नगरेको दिन ज्याला दिने, नगरेको दिने नपाउने जस्ता समस्याले नेपाली मजदूरको मासिक आउने तलब भत्तामा कटौती गर्ने, विरामी पर्दा पनि छुट्टी नपाउने, साहुको हातमा नेपाली मजदूरको जागिर दिँदा आवश्यक पर्दा मजदूर राख्ने उसलाई आवश्यक नपर्दा निकाल्ने जस्ता समस्या देखिएको छ ।
यसले नेपाली मजदूरको रोजीरोटीको ग्यारेण्टी नहुँदा नेपाली मजदूर विदेश पलाएमा नभएका छन् । यसमा पनि हिजो लडेर ल्याएको मजदूरको सेवा सुविधा १० प्रतिशत लगायतका सामाजिक सुरक्षा भत्ता, लगानी कोष, बीमा, यातायात सुविधा कटाएर उल्टै ठेकेदारी, करार ज्यालादारी, वा जवसोलुसनबाट मजदूर भर्ती गर्ने, युनिफर्म, तालिमको नाममा पैसा संकलन गरी मजदूर ठग्ने काम भएको छ । आज एउटा मजदूरले जागिर पाउन ३ वटा कम्पनी पालेर आफू पालिने गर्छ ।
उदाहरण : प्रमाणपत्र संकलन जवसोलुन, जागिर लगाउने ठेकेदारी कम्पनी, मजदूर आवश्यक उत्पादन कम्पनी, प्रमाणपत्र संकलन गरेको बाफत जबसोलुसनले पहिलो महिलाको तलवको ५० प्रतिशत लिने । त्यो सिबि ठेकेदारी कम्पनीलाई दिने, ठेकेदारीले तालिम पोषक भनी ५००० देखि १०,००० लिने र २० प्रतिशत मजदूरको मासिक तलबबाट कटाएर लिने, कर्मचारी करारमा हायर गर्ने कम्पनीमा पठाउने, कम्पनीले काम गरेर नाफा लिने गरी एक मजदूरले ४ कम्पनी पाल्ने गरेको छ । जहाँ मजदूरलाई दैनिक गुजार चलाउन सक्दैन । उसले १२ देखि २० घण्टा काम गर्नुपछ भने कम्पनी चलाउने उसको श्रममा मोज मस्ती गरेका छन् ।
यस कारणले अन्तराष्ट्रिय मजदूर आन्दोलन मनाइरहँदा जसरी अमेरिकाको सिकागो शहरबाट आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन भनेर पारित गरिएको थियो । आज नेपालमा पनि अन्तराष्ट्रिय मजदूर आन्दोलन भजाउने होइन, मजदूर हकहितको लागि आन्दोलन गर्नु पर्ने जरुरी छ । जसरी हिजो त्यहाँ मजदूर ट्रेड युनियनहरुले एकजुट भएर आन्दोलन अगाडी बढाएका थिए । आज नेपाली मजदूरको रोजिरोटीको लागि अगाडी बढ्न राजनीतिक टेड्र युनियनको घटक संघ मात्र नभएर सम्पूर्ण मजदूरको अधिकारको लागि नेपाली मजदूर एक ठाउँमा आउन जरुरी देखिएको छ । हिजोको १८०२, १८६० का बेलायत, अमेरिका, पेरु लगायतका देशको मजदूर आन्दोलन आज नेपालमा आवश्यक देखिएको छ ।