वैशाख २३, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे गम्भीर बहस र सुझावको अपेक्षा गरिए पनि प्रतिनिधिसभाको बैठकमा सांसदहरूको उपस्थिति न्यून देखिएको छ । संसद भवनमा कुर्सीहरू रित्तै देखिएका छन् ।
नीति तथा कार्यक्रम देशको समग्र विकास र प्राथमिकता निर्धारणको आधार हो । यस्तो दस्तावेजमाथि ठोस छलफलको सट्टा संसद भवन नै खाली देखिनुले जनप्रतिनिधिहरूको गैरजिम्मेवार व्यवहार उदांगो पारेको छ । अझ त्यसमाथि हाजिर गरेर टाप कस्ने सांसदहरूको संख्या उच्च छ ।