• बैशाख ३० २०८२, मंगलवार

वर्षाको समयमा हुने संक्रमणबाट बच्ने उपाय

बैशाख २३ २०८२, मंगलवार

वर्षाको समयमा हुने संक्रमणबाट बच्ने उपाय यस्ता छन् ः

– दिशा गरेपछि, खाना खानुअघि र खाइसकेपछि तथा फोहोर छोएपछि साबुन पानीले राम्रोसँग हात धुने ।

– पानी शुद्धीकरण गरेर मात्र पिउने ।

– लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्ने ।

– बासी तथा सडेगलेको खानेकुरा नखाने ।

– बाटोमा खुल्ला राखिएका खानेकुरा नखाने ।

– तरकारी तथा अन्य खानेकुरा राम्रोसँग पकाएर मात्र खाने ।

– संक्रमित व्यक्तिको नजिक जाँदा मास्क प्रयोग गर्ने ।