• जेष्ठ २ २०८२, बिहीबार

हरियो तरकारी परवल खानुका फाइदा

बैशाख २३ २०८२, मंगलवार

हरियो तरकारीमध्ये परवल पनि एक स्वस्थ्यवर्धक तरकारी हो । यसलाई चुच्चो भएको लौका (Trichosanthes dioica Roxb.) भनिएतापनि सामान्य नामले यस तरकारीलाई चिनिने भनेको परवल नै हो । सिजनमा प्राय सबैको घरघरको भान्सामा पाक्ने यो तरकारी परवल बजारमा पनि सजिलै पाउन सकिन्छ । परवल निकै स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

यसमा भिटामिन ए, भिटामिन बी१, भिटामिन बी२ र भिटामिन सी जस्ता भिटामिनहरू प्रशस्त मात्रामा पाइन्छ।  स्वास्थ्यको लागि आवश्यक क्याल्सियमको पनि एक ठूलो स्रोत हो परवल । परवलको तरकारीको सबैभन्दा राम्रो पक्ष भनेको यसमा क्यालोरी धेरै कम हुन्छ र त्यसैले यसले शरीरमा कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न मद्दत गर्छ।

परवलका के – के फाइदा रहेछन् :
१. परवलमा प्रशस्त मात्रामा भिटामिन ए, बी१, बी२, सी का साथै क्याल्शियम हुन्छ । जसले क्यालोरीको मात्रा कम गरी शरीरमा कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।
२. यसको नियमित सेवनले त्वचा सम्बन्धी बभिन्न समस्याबाट मुक्ति मिल्नुका साथै कब्जियत निको पार्न मद्दत गर्छ ।
३. परवलको नियमित सेवन गर्नाले शरीरमा रक्तसंचार प्रवाहलाई चुस्त बनाउनुका साथै पिसाब सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
४. यसमा प्रशस्त फाइबर हुन्छ जसले पाचन क्रियालाई मजबुत बनाइराख्न मद्दत गर्छ ।
५. परवरको सेवनले रगत सफा गर्न मद्दत गर्नुका साथै अनुहार चम्किलो बनाउँछ ।
६. परवलमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले शरीरलाई स्वस्थ बनाउनुका साथै तनाव कम गर्न मद्दत गर्छ ।
७. यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।