काठमाडौं । बोटिङ गर्ने क्रममा चितवन जिल्ला भरतपुर महानगरपालिका – ५ बस्ने वर्ष २१ को रेशम थापा फेवातालमा डुबेकोमा उनको सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको विपद् उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।
तालमा हावाहुरीका कारण बोटमा बोटिङ्ग गरिरहेका १ जना र डुङ्गामा बोटिङ्ग गरिरहेका ६ जना गरी अन्य ७ जनाकोसमेत सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी नेपालका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।