• बैशाख २४ २०८२, बुधबार

 इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी घिसिङलाई हटाएरै छाडियो : प्रचण्ड

बैशाख २२ २०८२, सोमबार

वैशाख २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार गठन भएदेखि नै सम्पूर्ण ध्यान अन्यत्र गएको बताएका छन् ।

सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले विद्युत प्राधिकरणको वक्यौता नतिर्नेलाई खुसी पार्न सरकार लागेको बताए ।

‘एउटा अड्डाको प्रमुख परिवर्तन गर्न मात्रै तपाईंले दर्जनभन्दा बढी निर्णय गर्नुभयो । महिनौँसम्म मिहिनेत गर्नुभयो । एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएरै छाड्नुभयो । ठूलो बहादुरी काम गर्नुभयो । कुलमानलाई समर्थन गरेको झोँकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गर्ने ठाउँमा पुग्नुभयो,’ प्रचण्डले भने ।