वैशाख २२, काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ ।
बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गए राति उक्त दुर्घटना भएको हो । तीव्र गतिको कार आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको पोल कारले ठक्कर दिँदा भाँचिएर सडकमा पुगेको छ । ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक समेतको सहयोगमा पोल हटाउने प्रयास जारी छ ।