• बैशाख २४ २०८२, बुधबार

बाल कविता : मेरो प्यारो बाबा !

बैशाख २१ २०८२, आईतवार

खै कसरी सक्नुहुन्छ चिन्ता, पीर सबै लुकाउनु हुन्छ
घर आउँदा एक गिलास पानीले नै खुशी हुनुहुन्छ ।

कति दुःख गरेर हामीलाई पढाउनु भयो
शिक्षा, खेलकुद, मनोरञ्जन आदिमा अघि बढाउनु भयो ।

हामीले नजानेको कुराहरुमा कति धेरै सघाउनु भयो
हामीलाई नयाँ लुगा किनी आफूले फाटेको लगाउनु भयो ।

हजुरको स्याहार सुसार र मायाले हुर्किएकी हुँ नी बाबा
हजुरले देखेका ती सपना पूरा गर्ने छु नी बाबा ।

हजुर नै मेरो प्राण, हजुर नै मेरो स्वास
देउतालाई भन्दा पनि मैले हजुरलाई पुज्छु खास ।

बाहिर हिँड्दा खुशी भएपनि भित्र होला कति पीर
पीर नलिनु बाबा हजुरले झुक्न दिन्न हजुरको शिर ।