भिजाएको गहुँ खानुका फाइदा यस्ता छन् ः
-भिजेको गहुँ खाँदा शरीरलाई धेरै पोषक तत्व प्राप्त हुन्छ । वास्तवमा गहुँलाई पिसेर खाँदा त्यसमा रहेका धेरै पोषक तत्व नष्ट हुन्छन् । यस्तो अवस्थामा गहुँ भिजाएर खानु स्वस्थकर हुन्छ ।
-भिजेको गहुँ खाँदा छाला र कपालको चमक बढ्छ । यसमा पाइने एन्टी९अक्सिडेन्ट, एन्टीइन्फ्लेमेटरी गुणले छाला र कपालको धेरै समस्याहरूलाई कम गर्न सक्छ, जसले गर्दा कपाल र छालाको समस्या कम हुन्छ ।
-भिजाएको गहुँको सेवनले मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । यसले तपाईंको मृगौला ग्रन्थि र स्नायु प्रणालीको बल बढाउँछ । यसले धेरै नयाँ कोशिकाहरू बनाउँछ, जुन मृगौला स्वस्थ राख्न प्रभावकारी हुन्छ ।
-भिजाएको गहुँ खाँदा पाचन क्रियालाई स्वस्थ राख्न सकिन्छ । यसमा पाइने फाइबरले पाचन प्रक्रियालाई सहज बनाउँछ, जसले तपाईको पाचन शक्तिलाई मजबुत बनाउँछ ।