• जेष्ठ २७ २०८२, सोमबार

मेलम्ची खानेपानी वितरण बन्द

बैशाख २१ २०८२, आईतवार

काठमाडौं ।   काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण आजदेखि बन्द गरिएको  छ ।

उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आज एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण बन्द गरिएको जनाएको छ ।

लिमिटेडले वितरण रोकिँदा हुने असुविधाप्रति क्षमा मागेको छ ।
मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गरिएको छ ।