• फाल्गुन २६ २०८२, मंगलवार

एमाले संसदीय दलको बैठक बस्दै

बैशाख २० २०८२, शनिबार

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ।

बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यसूची रहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

संसदमा दलको तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने प्रमुख सचेतक बर्तौलाले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्नेगरी बैठक तय भएको छ।