• बैशाख २० २०८२, शनिबार

विद्युत प्राधिकरण अझै ५ अर्ब २६ करोड नोक्सानीमा छ : निर्देशक शाक्य

बैशाख १९ २०८२, शुक्रबार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण अझै ५ अर्ब २६ करोड नोक्सानीमा रहेको दाबी गरेका छन् । शुक्रबार प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले यस्तो दाबी गरेका हुन् ।

उनले आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको बताए । शाक्यले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको पनि उल्लेख गरे ।

उनले महालेखाको प्रतिवेदनका आधारमा लेखिएको दाबी गरे । उनले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको दाबी गरे । उनले नोक्सानीमा नै भएकाले प्राधिकरणले नाफा गरेर आयकर तिर्नु परेको बताए ।

उनले सुरुमा अग्रिम आयकर तिरेर त्यस वापत लिनुपर्ने रकम कायमै रहेको पनि जानकारी गरे । उनले महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार ७ अर्ब १९ करोड खर्च नलेखिएको र ४ अर्ब ७२ करोड बढी लेखाङकन गरेको र २९.९१ करोड आम्दानीमा नबाँधेको देखिएको बताए । उनले यो नाफा कायम राख्दा विभिन्न प्रश्न उब्जन सक्ने बताए ।

उनले भने,‘महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार ७ अर्ब १९ करोड खर्च नलेखिएको र ४ अर्ब ७२ करोड बढी लेखाङ्कन गरेको । २९.९१ करोड आम्दानी नबाँधेको देखिन्छ । यो नाफालाई कामय राख्न विवाद जन्माउन सक्छ । त्यसैले श्वेतपत्रमा उल्लेख गरेका छौं ।

प्राधिकरणको वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत मूल्यांकन लगायतका सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्नका लागि डिडिएको प्रक्रिया अगाडि बढाइनेछ ।’