१९ वैशाख, काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने भएसँगै ३ बजेअघि नै सांसदहरू संसद् भवन प्रवेश गरेका छन् । ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।